बिर्तामाेड । होटल ब्यवसायी संघ झापाको १० औं अधिवेसन शुक्रबार सुरु भएको छ । बिर्तामोडमा सुरु भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ ।received_1303113610578255

अधिवेसन उद्घाटन समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले पर्यटन प्रवद्र्धनका लागि होटल ब्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताइन् । received_315247181191526

होटल ब्यवसायलाई मर्यादित ब्यवसाय बनाउनुपर्नेमा उनको जोड थियो । संघसँग नगरपालिकाले बिगतमा पर्याप्त सहकार्य गरेको स्मरण गर्दै प्रमुख प्रसाईँले आगामी दिनमा पनि सहकार्य र सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाइन् । 

होटल ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष देवी गौतमले सरकारले लगानीको वाताबरण बनाए ब्यवसायी लगानीका लागि तयार रहेको बताए । उनले नेपालका कतिपय स्थानमा अझै होटल ब्यवसाय स्थापनाकाे सम्भावना रहेको बताए । पर्यटन प्रवद्र्धनको प्रमुख पाटाे होटल ब्यवसाय भएको भन्दै उनले सरकारसँँग होटल ब्यवसायको तथ्यांकसमेत नहुनु दुखद रहेको बताए । 

झापा वा कोशी प्रदेशलाई भ्रमण बर्षका रुपमा मनाउनका लागि प्रस्ताव गर्न उनले ब्यवसायीलाई आग्रह गरे । यसो गरे भौगोलिक रुपमा पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा उनले राखे । 

अध्यक्ष ईन्दिरा श्रेष्ठको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रको सञ्चालन महासचिब शिव पौडेलले गरेका थिए । सचिब ख्याम ओलीले स्वागत गरेको कार्यक्रमपछि हुने बन्दसत्रले आगामी तीन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।