बिर्तामाेड। होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ  पुःन अध्यक्षमा  निर्विरोध निर्वाचित भएकी हुन् । 

samiti-hotel

३ बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । बरिष्ठ उपाध्यक्षमा ख्याम प्रसाद ओली,  उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएका छन् । 

त्यस्तै, सदस्यहरुमा तिलक बहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा , भिम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् । उनीहरुलाई डिल्लीराम घिमिरे संयोजक रहेकाे निर्वाचन मण्डलले सपथ ग्रहण गराएकाे थियाे ।

यता निर्वाचित अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निमार्णाधिन अवस्थामा रहेको जिल्ला संघको अपुरो भवनलाई पूर्णता दिने तथा कोभिड संगै आर्थिक रुपमा खस्किंदै गएको जिल्लाको होटल व्यवसाय र व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

साथै उनले अघिल्लो कार्यकालमा कोभिडका कारण सोचे जती काम गर्न नसकिएको बताउंदै सबैको सहकार्य र सहयोगले केहि सकारात्मक काम गरिएको समेत बताइन । उनले अगामी दिनमा आफ्नो टिमले योजना बनाएर काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गरेकी छन् ।