बिर्तामाेड । नेपाल अलैँची व्यवसायी महासंघले पत्रकारसहित पाँच जनालाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित आठौँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार सन्तोष न्यौपानेसहित कृषक र व्यवसायी सम्मानित भएका हुन् ।

cardmom

सम्मानित पत्रकार न्यौपाने सात वर्षदेखि एभीन्युज टेलिभिजनमा कार्यरत छन् । उनी साझा अनलाइन न्युज डटकमका सम्पादक पनि हुन् । पत्रकार न्यौपानेलाई नगद आठहजार एक रुपैयाँसहित सम्मान गरिएको हो । सम्मानित हुनेमा कृषक भीमलाल मावो, लघु उद्यमी माया गुरुङ, र उत्कृष्ट जिल्लाका रुपमा कास्की रहेका छन् ।

उनीहरूलाई जनही आठ हजार एकसय नगदसहित सम्मान गरिएको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । व्यवसायी प्रभातकुमार अग्रवाललाई पनि सम्मान गरिएको थियो ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, महासंघका सल्लाहकार दीपक नेपाल, किसानका तर्फबाट ताप्लेजुङका हर्कबहादुर गुरुङ, खोटाङ जिल्ल अध्यक्ष प्रेमकुमार राई, अलैंची विकास केन्द्र फिक्कलका राजन परियारलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।