काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

पुर्व अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वकाे समुहले अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको हो । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिए ।

शेर्पा समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको थियाे । भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको तुलाधरले जानकारी दिए । अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।

हामीले अध्यक्ष र महासचिव दुवै जनाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौं । प्रस्ताव दर्ता भएपछि उहाँहरु स्वत: निलम्बनमा पर्नुभयो । अब बर्खास्तीमा परेपछि उहाँहरुले काम गर्न पाउनुहुन्न,’  तुलाधरले भने । प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए ।