बिर्तामोड । नेपालमा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) लाई चरणबद्ध रूपमा शुरू गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल फिनटेक फेस्ट २०२३ लाई सम्बोधन गर्दै सीबीडीसी शुरु गर्ने प्रक्रिया सञ्चालनमा रहेको प्रतिक्रिया दिएका छन् । 

गभर्नर अधिकारीले नेपालमा विकास हुँदै गरेको वित्तीय परिदृश्य मार्फत वित्तीय समावेशितालाई सशक्त बनाउने दिशामा नेपालको यात्रा विषयमाथि आयोजित एउटा विशेष छलफलमा सम्बोधनको क्रममा  सीबीडीसी शुरु गरिने बताएका हुन् । कार्यक्रमको आयोजना मोहन टङ्कसाले, रणनीतिक परामर्शदाता, एसडब्ल्यूआईएफटी, इन्डिया डोमेस्टिक सर्भिसेजले गरेको थियो ।

सीबीडीसीको शुरूवात गर्न विभिन्न लाभदायक संस्थाहरुसँग सहकार्य आवश्यक पर्ने एउटा संवेदनशील अनि बहुमुखी प्रक्रिया हो । केन्द्रीय बैंङ्कहरू, सरकारी निकायहरू, वित्तीय संस्थान, बैंङ्कहरू, सेवा प्रदायक यसका हिस्सा हुनेछन् । 

नेपाल सरकारले प्रत्येक क्षेत्रलाई डिजिटल बनाउने लक्ष्य लिएको छ । आफ्नो प्राथमिकता दिएको छ र त्यसै बमोजिम नेपालले २०१९ मा आफ्नो डिजिटल नेपाल प्रारूप तयार गरेको छ । यसै सिलसिलामा भारतको रूपे कार्डको जस्तै नेपालको ‘पे’ कार्ड जारी गर्ने प्रक्रिया चलिरहेको पनि अधिकारीले बताए ।