बिर्तामाेड । पुर्बकाे आर्थिक काराेबारकाे हब बन्दै गरेकाे झापाको बिर्तामोडमा भाटभटेनी सुपर स्टाेर सञ्चालनमा आउने भएकाे छ । 

4

भाटभटेनी सुपर स्टाेरकाे भाैतिक स‌रचना निर्माण गरी सञ्चालन हुन लागेकाे हाे ।अन्तर्राष्ट्रियस्तरको सुपर स्टाेर भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ

२६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट सञ्चालनमा ल्याउने भाट भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए ।

5

सुपर स्टाेरमा झापा, इलाम जिल्लासहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने सञ्चालक मीनबहादुर गुरुङको भनाइ छ । सुपर स्टाेरकाे सम्पूर्ण कामहरु सकिएको जनाइएको छ ।

उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको भट्टराईले बताए ।

२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ । सातौँ तल्लासम्म रहेको भाट भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

उद्घाटनको अवसरमा भाट भटेनीले समाजिक उत्तरदायित्व अन्तर्गत केही प्रभावकारी काम पनि गरेको थियो । भाट भटेनीले भगवान चोकदेखि हेवन वाटरपार्क पस्ने मुख्य राजमार्गको दक्षिणतर्फ कालोपत्रे सडकलाई चौडा गरेको छ ।

त्यस्तै, करिब ५ सय मिटर क्षेत्रमा सडक बत्ती पनि जडान गरिएको कम्पनीले जनाएको छ । सडक क्षेत्रमा रहेको झाडी पन्साउने र खाल्डाखुल्डी पुर्ने काम गरिएको छ ।