बिर्तामाेड । झापाको बिर्तामोडमा २६ औं शाखाको रुपमा भाट–भटेनी सुपर मार्केट सञ्चालनमा आएको छ । बिर्तामोडको भाट भटेनी आजदेखि सञ्चालनमा आएकाे  हो । भाटभटेनी सुपर स्टाेरकाे उद्घाटन कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले गरेका छन् । 

भाट भटेनी स्टोरमा एक लाख २५ हजार प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीले जनाएको छ ।  सुपर मार्केटमा झापा, इलाम जिल्लासहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने कम्पनीको भनाई छ ।  

उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पीले जानकारी दिएको छ । २ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा सञ्चालनमा आएकाे भाट भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहेका छन् । सातौँ तल्लासम्म रहेको भाट भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

उद्घाटनको अवसरमा भाट भटेनीले समाजिक उत्तरदायित्व अन्तर्गत भगवान चोकदेखि हेवन वाटरपार्क पस्ने मुख्य राजमार्गको दक्षिणतर्फ कालोपत्रे सडकलाई चौडा गरेको छ भने करिब ५ सय मिटर क्षेत्रमा सडकबत्ती पनि जडानसँगै कम्पनीले सडक क्षेत्रमा रहेको झाडी पन्साउने र खाल्डाखुल्डी पुर्ने कामसमेत छ ।