बिर्तामाेड । चाडपर्व नजिकिएसँगै झापाकाे बिर्तामाेड बजार सातै दिन सञ्चालनमा आउने भएकाे छ । बिर्तामाेड उद्याेग वाणिज्य सघले विज्ञप्ती जारी गर्दै आगामी छठ पर्वसम्म हप्ताकाे सातै दिन बजार खुल्ला रहने जानकारी दिएकाे छ । 

बिर्तामाेडमा हरेक साेमबार साप्ताहिक बिदा हुँदै आएकाे छ । प्रत्येक बर्ष चाडपर्व नजिकिएसँगै साेमबारकाे बन्द खुल्ला गर्ने गरेकाे वाणिज्य सघका महासचिव अर्जुन मैनालीले जानकारी दिए । उनले चाडपर्वका समयमा टाढाबाट किनमेल गर्न आउने ग्राहककाे सुविधालाई ध्यानमा राखेर बजार खुल्ला गरिएकाे बताए ।