काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । 

यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार वृद्धि गरिएको निगमले जनाएको छ । दुई महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू छ । 

हेर्नुहोस मुल्य सुचि

FB_IMG_1696115746512