बिर्तामोड । झापाको माइधारमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परेर स्कुटरमा सवार तीन जना गम्भिर घाइते मध्ये एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्कुटीमा तीन जना युवक सवार थिए । दुर्घटनामा परेर झापा गाउँपालिका वडा नम्बर ७ का २० वर्षाीय भगेश श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । अन्य दुइ घाइते साेही पालिका वडा नम्बर ७ का निशान सिवाकाेटी र वडा नम्बर २ का सुसान थापाकाे उपचार भइरहेकाे छ । उनीहरूकाे विएण्डसी अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ। घाइते मध्ये निशानकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०१- ०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिम तर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ सवारी एकआपसमा ठक्कर खाँदा साे दुर्घटना भएकाे थियाे