बिर्तामोड । झापा गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रेको सुविधा उपलब्ध गराउने भएको छ ।

कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले निःशुल्क भिडियो एक्स–रेको सेवा लिन पाउने जानकारी दिइन् । झापा गाउँपालिका–३ कामाटोलीमा रहेको आधारभूत अस्पताललाई  जिल्ला स्वास्थ्य कार्यालय झापाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको उनले बताइन् ।

भिडियो एक्स–रे मेसिन उपलब्ध भए पनि दक्ष प्राविधिक नभएकाले सञ्चालनका आउन ढिलो हुने भएको छ । तालिम दिएर चाँडै नै प्राविधिक व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले ६ लाख ८९ हजार मुल्य बराबरको उक्त मेसिन गाउँपालिकालाई प्रदान गरेको हो । यसमा प्रिन्टर १ सेट , स्ट्यान्ड १ सेट र जेल ५ लिटर रहेको स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले बताए ।