बिर्तामोड । झापाको बिर्तामोडमा १ करोड रुपैंयाँको लगानीमा ‘द मोमो फ्याटोरी’ सञ्चालनमा आएको छ । सञ्चारकर्मी टिकाराम नेतीसमेतको लगानीमा द मोमो फ्याक्टोरी सञ्चालनमा आएको हो । 

झापामा केही नयाँ काम शुरु गर्ने जमर्काेका साथ नेती, राज फुयल, तुलसी उप्रेती र मोहनकुमार श्रेष्ठको संयुक्त लगानीमा मोमो फ्याटोरी सञ्चालनमा आएको छ । मोमो फ्याक्टोरीमा ३६ प्रकारका मोमो पाईने सञ्चालक मध्येका श्रेष्ठले बताए । 

काठमाण्डौको बौद्धमा रहेको मोमो फ्याक्टोरीको फ्रेन्चाइजका रुपमा बिर्तामोडमा मोमो फ्याक्टोरी स्थापना भएको हो । सञ्चालक श्रेष्ठका अनुसार मोमो फ्याक्टोरीको नेपालभर ५ वटा शाखा सञ्चालनमा छन् । 

मोमो फ्याक्टोरीमा अरु होटलमा पाइने सम्पुर्ण खाद्यान्न पाइने सञ्चालक नेतीले दावी गरे । तर, यस होटलमा पाइने मोमोका भेराइटी अन्य होटलमा नपाइने समेत उनले बताए । मोमो फ्याक्टोरीमा आफुले खानेकुरा कसरी पाकिरहेको छ भनेर ग्राहकले हेर्न मिल्ने गरी लाइभ किचन निर्माण भएको छ । जसका कारण किचनको सरसफाईका बारेमा ग्राहक आफैले अनुगमन गर्न सक्ने बताइएको छ ।