बिर्तामोड । झापाको बिर्तामोडबाट बिस्थापित व्यवसायीले पुर्व–पश्चिम राजमार्गसँगै ‘बुधबारे बजार’ सञ्चालनमा ल्याएका छन् । 

received_6689479971167598

बिएण्डसी हस्पिटलको अगाडि बजार निर्माण गरी उनीहरुले सञ्चालन गरेका हुन । बिर्तामोड नगरपालिकाले नयाँ भवन निर्माणका लागि स्थान खाली गरेपछि उनीहरु त्यहाँबाट बिस्थापित भएका थिए । 

स्थानीय व्यवसायी दुर्गा थपलियाको २ कठ्ठा जमिनमा व्यवसायीहरुले बजार निर्माण गरेका हुन् । ४४ वटा सटर रहेको सो बजारमा दैनिक उपभोग्य सामग्री, कपडा, जुत्ता चप्पल, खाद्यान्न, कस्मेटिक्स लगायतका सामग्री उपलब्ध छ ।

बजारको बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र संग्रौला, उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनाली र बिर्तामोड नगरपालिका वडा न ५ का अध्यक्ष रोहित प्रसाईँले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

थपलियाले प्रत्येक व्यवसायीसँग १ लाख रुपैयाँ धरौटीको रुपमा लिएर अपुग रकम थप गरी बजार निर्माण गरेको जानकारी दिए । बजार निर्माणका लागि ६५ लाख रुपैयाँ लागत परेकोसमेत उनले बताए । उनले व्यवसायीसँगैकै सहमतिमा भाडा दर निर्धारण गरिएको जनाउँदै बजारमा खानेपानी, शौचालय, चमेनागृह लगायतको सुवधा उपलब्ध रहेको जानकारी दिए । 

कृषिथाेकबाट बिस्थापित केही व्यवसायीले कृषिथाेक उतर र केही व्यवसायीले पश्चिम स्टेण्ड नजिकै अर्काे बजारसमेत सञ्चालन गरिरहेका छन् । याे सँगै बुधबारे बजार तीनवटा भएकाे छ । पश्चिम स्टेण्डकाे बजारले भने हाम्राे बजार नाममा सञ्चालनमा आएकाे छ ।