बिर्तामाेड । मर्मतमा ढिलाई गरेकाे भन्दै झापाकाे बिर्तामाेड- अर्जुनधारा सडक खण्डकाे कप्तानबारीमा स्थानीयले अवराेध गरेका छन् । 

received_260726043197050

स्थानीयकाे अवराेधका कारण त्यस क्षेत्रमा गुड्ने सवारी साधन बैकल्पिक बाटाे प्रयाेग गर्न बाध्य भएका छन् । घुमाउराे बाटाेबाट यात्रा गर्नुपर्ने भएपछि यात्रुले सास्ती पाएका छन् । 

दशै अगाडि नै कालाेपत्रे गरिसक्ने ठेकेदार सस्थाले प्रतिबद्धता जनाएकाे थियाे । तर, प्रतिबद्धता बमाेजिम काम सम्पन्न नभएपछि स्थानीयले सडक अवराेध गरेका हुन । उनीहरुले सडककाे तीन स्थानमा ढुङ्गा राखेर सवारी आवागमन बन्द गरेका छन् । 

अहिले  बिर्तामाेड- अर्जुनधाराकाे त्यस खण्डमा सवारी साधन चलाउनै नसकिने अवस्था छ । सडकमा असरल्ल थुपारिएका निर्माण सामग्रीकाे कारण यहाँ दुर्घटनाकाे जाेखिम छ ।