बिर्तामोड । एकका लागि एकअभियानले अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान तधा बधाई ज्ञापन गरेको छ। चारपानेमा आयोजित एक समारोहकाबीच समाजको कार्यसमितिलाई अभियानले सम्मान गरेको हो । 
कोरोना संक्रमणको समयमा गठित सो अभियानले अघि सारेको कार्यक्रममा समाजको सहकार्य रहेको थियो । अभियानमा साथ दिएको समाजले कोरोना संक्रमणबाट झापाका नागरिक पीडित भएको समयमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको हो । 
समाज र अभियानको सहकार्यमा कनकाईमा पीसीआर ल्याब स्थापना भएको थियो । त्यसैगरी अक्सिजन बैंक र विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण खरीद गरेर हस्तान्तरण गरिएको थियो । 
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढुङगानाले झापाको सामाजिक क्षेत्रमा समाजको सहभागिता अझ बढाउने प्रतिबद्धता जनाए।
अभियानका संयोजक महेन्द्र गिरीले त्यस समयमा ४ करोड रुपैयाँ संकलन भएको बताए । उनले अहिले पनि अभियानसँग ८० लाख रुपैया बचत रहेको जानकारी दिंदै अब त्यो रकमले अक्षयकोष बनाएर बिपतको समयमा सहयोग गर्ने तयारी गरिरहेको बताए । 
संसारभर रहेका झापालीहरुलाई झापाको उत्पादन प्रयोग गरिदिन उनले आग्रह गरे । बजारिकरणको अभाबले उत्पादन खेर गइरहेको समयमा यो अभियान प्रभावकारी हुने उनको भनाई थियो । 
गिरीले बिदेशी लगानी भित्रयाउन अभियानका सदस्यहरुको अग्रसरतामा योजना अघि सारेको भन्दै त्यसमा सहभागी हुन अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरुलाई अनुरोध गरे ।

अभियानका संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष ढुङगाना, बरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाई, महासचिव नवीन पोखरेल, संरक्षक दिनेश पोखरेल, अभियानका सह संयोजक बिनोद बस्नेत लगायतको सहभागिता रहेको थियो ।