बिर्तामाेड । झापामा पहिलोपटक डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो ।

received_873520200830035

संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियाेगिता अनारमनी पब्लिक क्याम्पसकाे प्राङ्गणमा हुने छ ।

संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा जिल्लाका १९ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष दवाडीले जानकारी दिइन् ।

कात्तिक २४ गते हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउछन् भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा पाउने छन् । 

पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेल, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, उपाध्यक्ष हिमा पौडेल लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए ।