बिर्तामाेड । फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे शुरू हुनेछ।

दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले यूएईसँग ४(० गोलको फराकिलो हार बेहोरेको थियो । बहराइनले यमनमाथि २–० गोलको जित हात पारेको थियो ।

नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । चारै खेलमानेपाल जितविहीन छ । समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन् । अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन् ।

फिफा र्याङ्किङमा नेपालभन्दा यमन १७ स्थान अगाडि छ ।