झापा । झापाको कन्काई माईमा कोशी प्रदेशमै सबैभन्दा ठुलो मेला लागेको छ । प्रत्येक बर्ष माघे सक्रान्तिका दिन लाग्ने मेला कन्काई माई किनारमा लागेको हो । 

received_909044124183925

फाेटाे: समिर आलम

माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन् । झापाको शिवसताक्षी र कन्काई नगरपालिकामा रहेको कन्काई नदीको किनारमा लाग्ने माईमेलामा हजारौं तीर्थयात्रीको भिड लाग्ने गरेको छ । यो बर्ष अन्य बर्षभन्दा बढी भिडभाड रहेको कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले बताए । 

कोशी प्रदेशको चर्चित र ठूलो माई मेलामा भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु आउने गर्दछन् । मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ । त्यसैले कन्कार्ई नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।