धुलाबारी । एन–प्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको संयोजनमा एकदिने मन्टेश्वरी तालिम मंगलबार धुलाबारीमा सम्पन्न भएको छ ।

Messenger_creation_1f13cf3b-fd22-4c9e-bb0b-4942c5b45304

साना कक्षाका नानीहरुलाई कसरी असल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिम धुलाबारीको इस्ट होराइजन माविमा सम्पन्न भएको हो । तालिममा झापाका २५ बढी विद्यालयका गरी ८० जना शिक्षकको सहभागिता रहेको थियो । इस्ट होराइजन माविका शिक्षक विकास ग्वालले तालिम दिएका हुन् ।

Messenger_creation_4961cc06-61b7-4d57-a270-565b0781f915

एन–प्याब्सन झापाका अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य इस्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले गरेका थिए । कार्यक्रमको सञ्चालन स्मारिका सामुदायिक अंग्रेजी स्कूल पाडाजुगीका प्रिन्सिपल गुणराज गिरीले गरेका थिए ।

Messenger_creation_4dda9247-0264-4dec-9437-b788a370bece