बिर्तामोड । बिर्तामाेडका व्यवसायी निर्मल खत्रीले विपन्न परिवारका बालबालिकालाई स्वेटर वितरण गरेका छन् । 

आज विहान खत्रीले बिर्तामोड–३ का दुई वटा वस्तीमा पुगेर स्वेटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वेटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई स्वेटर वितरण गरेको जानकारी दिए । 
IMG_1297

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, पदम श्रेष्ठ, रेनुका लिम्बुसहित स्थानीय अगुवाहरुको सहभागितामा स्वेटर वितरण गरिएको थियो । 

मजदुरी गरेर जिवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वेटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् । उनले आगामी दिनहरुमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए । लाभान्वित बालबालिकाका अभिभावकहरुले पूण्य कर्म गरेकोमा खत्रीलाई धन्यवाद लिएका छन् ।