अस्मिता बर्देवा

बुधबारे । झापाको बुद्धशान्ति गाउपालिका ४ मा रहेको गणेश माध्यमिक बिध्यालयमा एक दिवसीय 'हाम्री आमा राम्री आमा, हाम्रा नानी बाबू राम्रा नानी बाबू' कार्यक्रम सम्पन्न भएको छ ।

received_186755584497478

बुद्धशान्ति गाउपालिकाको शिक्षा तथा खेलकुद शाखा को आयोजनामा गरिएको कार्यक्रम मा वडा नम्बर ४ का वडाअध्यक्ष शेर बहादुर रायको अध्यक्षता रहेको थियो भने बुद्धशान्ती गाउपालिका उपाध्यक्ष भवानी खतिवडा को प्रमुख आतिथ्यता रहेको थियो ।

७० जना भन्दा बढी अभिभावक आमाहरुको उपस्थितिमा भएको कार्यक्रममा कार्यक्रम को सहजीकरण आदर्श माध्यमिक बिधालयका शिक्षक हरिभक्त दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा अतिथीहरुमा गाउपालिका कार्यपालिका सदस्य भिम धमला, दुर्गा पोख्रेल ढुङेल बिधालय शिक्षक अभिभावक संघका  अध्यक्ष गोपीकृष्ण दाहाल सदस्यहरु मालती लिम्बू गोपिमाया तामाङ बिमला राई बिधालयका प्रधानाध्यापक डिल्लीराम खतिवडा लगायत सम्पुर्ण शिक्षक को सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै  गाउपालिका उपाध्यक्ष भवानी खतिवडाले हाम्री आमा राम्री आमा हाम्रा नानी बाबू राम्रा नानी बाबु कार्यक्रमले शिक्षा क्षेत्रमा प्रभाबकारी भुमिका खेल्ने बताए । त्यस्तै कार्यक्रममा शेर बहादुर राय दुर्गा पोख्रेल ढुङ्गेल गोपीकृष्ण दाहालले शुभकामना मन्त्ब्य राखेका थिए । 

कार्यक्रमको समापन कार्यक्रम बारे अग्रज शिक्षक आनन्द कोईरालाले प्रकाश पारेका थिए ।