बिर्तामोड  ।  बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ ।उम्मेदवार बन्न चाहानेहरुले चर्चा सुरु गरेका छन्  । 

व्यवसायी लक्ष्मी प्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताए । 

बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय सन्चालन गर्दै आएका सापकोटा आविस्कार विजनेस (एग्रोभेटिनरी) का सन्चालक हुन् । व्यवसायी सापकोटाले आफुले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेपनि अर्जुन कुमार मैनाली नेतृत्वको ' स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताए ।

सापकोटा २०६० सालमा उद्योग वाणिज्य संघ पशुपतिनगर इलाममा उपाध्यक्ष थिए । हाल उनी उद्योग व्यवसायी महासंघ झापाको कोषाध्यक्ष,सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष, नेपाल पशुपंछि व्यवसायी मेची शाखाको सह सचिव लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्द छन् ।

हालका महासचिब अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा आवद्द रहेका व्यवसायीहरु एक भएर निर्वाचनमा जाने भद्र सहमति भइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसंग भने सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।