दमक । पाँचथरका विभिन्न पालिकाबाट बसाइँ सरि झापाको दमकमा बसोबास गर्नेहरुको संस्था पाँचथर झापा सेवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

आज दमकको होटल के.बि.आरमा सम्पन्न अधिबेशनबाट आगामी २ बर्षे कार्यकालका लागि मित्र थापाको नेतृत्वमा समिति चयन भएको हो । यसै गरि संस्थाको उपाध्यक्षत्रयमा निलकण्ठ सापकोटा , देबेन्द्र चाम्लिङ् , यानू सुवेदी , सचिवमा बिरोध सुवेदी , सहसचिव देउ कुमार नेम्वाङ , कोषाध्यक्षमा भोला पोख्रेल , सदस्यहरुमा प्रेम बहादुर भट्टराई , जीवन सापकोटा , श्री प्रसाद पोर्तेल , दयादेवी लुँईटेल , कमलनाथ दवाडी , सारदा खनाल , मणि प्रधान , तुलसी ढकाल , अर्जुन राई , लिला आचार्य र ओम माया आङ्देम्बे रहेका छन् ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा विशिष्ट अतिथिका रुपमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा को उपस्थिति रहेको थियो ।दमकका विभिन्न वडाहरुबाट प्रतिनिधि मुलक उपस्थितिमाझ सर्व सम्मतिमा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका बिश्वनाथ पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राम कुमार थापाले आफ्नो पनि पुर्ख्यौली थलो पाँचथर नै भएको र यो संस्थाको सदस्य बन्न चाहेको भने पछि तत्काल नै आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।प्रमुख अतिथि होम बहादुर थापाले दमकमा बसोबास गर्ने पाँचथरेहरुको सुख दु:खमा साथसहयोग गर्न , असहज परिस्थितिहरुमा आवश्यक समन्वय गर्न समेत संस्थाले अग्रसरता लिनु पर्नेमा जोड दिएका थिए ।संस्थाका सह सचिव बिरोध सुबेदीेले संचालन गरेको कार्यक्रममा सचिव निलकण्ठ सापकोटाले स्वगत गरेका थिए ।