बिर्तामाेड । विश्वकै सबैभन्दा ठुलोमध्येको इलेक्ट्रिक दुई पांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर बिर्तामोडमा आएको छ ।

लामाे समय दमकमा दुई पांग्रे सवारी साधनकाे शाेरुम सञ्चालन गरेका गंगाप्रसाद सिटौलाले बिर्तामाेडमा बिद्युतीय स्कुटरकाे शाेरुम सञ्चालनमा ल्याएका हुन् । भद्रपुररोडस्थित लक्ष्मण मर्केटमा याडिया कम्पनीका विद्युतीय स्कुटरको बिक्री आजदेखि सुरु गरिएको हो ।

सिटौला इन्टरप्राइजेज झापाले याडियाका विद्युतीय स्कुटरको बिक्री बिर्तामोडमा सुरु गरेको छ । बिर्तामोडका शोरुममा याडियाको इलेक्ट्रिक साइकल र स्कुटर दुवैको बिक्री सुरु गरिएको सञ्चालक निशा उप्रेतीले जानकारी दिइन् ।

वसन्त पञ्चमीको अवसर पारेर सिटौला इन्टरप्राइजेजको शोरुमको उद्घाटन पनि गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्वअध्यक्ष बलराम कार्की, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शोरुमको उद्घाटन गरेका छन् । साेरुममा एक पटककाे चार्जबाट ८० देखि १५० किलाेमिटरसम्म माइलेज दिने स्कुटर उपलब्ध छन् ।