बिर्तामाेड । छैटौं झापा गोल्ड कपमा आज लिग बिजेता चर्च ब्वाईज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुँदै छ । 

पछिल्लो समय लयमा रहेको चर्च ब्वाइज र युवा खेलाडीले भरिएको पुलिसबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । 

डोमालाल राजबंशी रंगशालामा हुने प्रतियोगितामा दिनको २ बजे सुरुहुने आयोजकले जनाएको छ । छैटौं संस्करणसम्म आइपुग्दा चर्च ब्वाइजले पहिलो पटक यो गोल्डकपमा प्रतिष्पर्धा गर्दै छ । पुलिस क्लबले भने यस अघिका सम्पुर्ण संस्करणमा भाग लिएको छ । तर, पुलिसले उपाधि हात पार्न सकेकाे छैन । 

युवा खेलाडीलाई टिममा समावेश गरेर पुलिस नेपाली फुटबलमा रहेको आफ्नो पुरानो विरासत फर्काउने योजनामा छ। 

गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्ने छन् । आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले गोल्डकप सम्पन्न गर्न रू एक करोड ४० लाख रुपैयाँ खर्च हुने बताए ।