बिर्तामोड । छैटौं झापा गोल्ड कपमा आज बिभागीय टोली एपीएफ फुटबल एफसी र सर्लाहीको बाग्मती युवा क्लबबीच पहिलो क्वाटरफाइनल भिडन्त हुँदै छ । 

एपीएफले उद्घाटन खेलमा संकटा फुटबल क्लबलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । वाग्मती फुटबल क्लब बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । 

झापा गोल्ड कपमा वाग्मतीले पहिलो पटक सहभागीता जनाएको हो । बिभागीय टोली एपीएफ भने यसअघिका ५ वटै संस्करणमा सहभागी भएको थियो । तर, एपीएफले एकपटक सेमिफाइनल खेल्न बाहेक अगाडि बढ्न सकेको छैन । 

प्रतियोगिता दिनको ३ बजे सुरु हुने छ । डोमालाल राजबंशी रंगशालामा भइरहेको प्रतियोगितामा टिकट काटेर फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई लक्की ड्र गरेर पुरस्कार प्रदान गरिंदै आएको छ ।