बिर्तामोड । छैटौ झापा गोल्डकप अन्तर्गत आज चार्च ब्वाइज युनाइटेड र एनआरटी क्लब काठमाण्डौबीच दोस्रो कामदार क्वाटरफाइनल खेल हुँदै छ । 

चर्च ब्वाइजले पहिलो चरणको खेलमा  लाई हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम(एनआरटी) ले सोझै क्वाटरफाइनल खेल्न लागेको हो । 

लिग लिडर चर्च ब्वाईज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुने छ । 

एनआरटीलाई यो सिजनको झापा गोल्डकपमा उपाधी दाबेदारका रुपमा हेरिएको छ । भर्खरै सम्पन्न केपी ओली कप फुटबल प्रतियोगितामा एनआरटी क्लब मच्छिन्द क्लबसँग फाईनलमा पराजित भएको थियो ।