बिर्तामोड । भेहिकल कन्साईन्मेन्ट ट्रयाकिङ सिस्टम(भिसिटिएस) बिल नबनाई ढुवानी गरिरहेको समयमा झापा प्रहरीले १२ लाख २५ हजार मूल्य बराबरको सुपारी बरामद गरेको छ । 

झापाको मेचीनगर नगरपालिका वडा नम्वर ६ भट्टराईचौकबाट नेपालमा उत्पादित सो परिणामको सुपारी प्रहरीले बरामद गरेको हो । राजश्च छली नेपालमा उत्पादित सुपारी ओसार – पसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा  इलाका प्रहरी कार्यालय काँकरभीट्टाको टोलीले सुपारी बरामद गरेको जनाएको छ ।

प्रदेश १-०१-००१ च ७१२५ नम्वरको पिकअप बोलेरो गाडी ईटाभट्टाबाट काँकरभिट्टा तर्फ आउदै गरेको अवस्थामा पान  विल भएपनि आधिकारीक VCTS अनलाईन बिल नभएको अवस्थामा ५३ वटा बोरामा प्याक गरिएको अवस्थामा सुपारी बरामद भएको प्रहरीले जनाएको छ । 

पिकअपमा २ हजार ३७८ केजी सुपारी , गाडी ,गाडी चालक जिल्ला झापाको बुद्धशान्ती गाउपालिका वडा नम्वर ३ बस्ने युवराज उप्रेती समेतलाई  नियन्त्रणमा लिई कारवाहीको लागी राजश्च अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।