काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघले ग्रे फोन अर्थात भन्सार छलीबाट भित्रीएका मोबाइलले नेपालको मोबाइल ब्यवसाय मारमा परेको बताएको छ।
काठमाडौमा शुक्रबार सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै महासंघ अध्यक्ष भरत भट्टराईले भन्सार छली गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रीएको तथा त्यसले देशको राजस्वमा समेत असर गरिरहेको बताए ।
अहिले ग्रे फोनले नेपाली मोबाइल ब्यवसायीहरु मारमा छन, भन्सार छलेर भित्रने मोबाईलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा वार्षिक अर्बै रुपैंया घाटा भैरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,´ महासंघका अध्यक्ष भट्टराईले भने ।
उनले सरकारले तत्काल मोबाइलमा एमडीएमएस प्रणाली लागुगरेर गैह्र कानुनी रुपबाट भित्रीएका मोबाइल बन्द गरिनु पर्नेसमेत महासंघको माग रहेको बताए ।
काठमाडौमा जारी महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ। महाधिवेशनका लागि ७० जिलाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन।




















