बिर्तामाेड । नेपालबाट भारततर्फ अवैधानिक रुपले लादै गरेकाे कपडा प्रहरीले बरामद गरेकाे छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र श्री शसस्त्र प्रहरी बल नेपाल प्रस्थाबित सिमा सुरक्षा गुल्म काँकरभिट्टाकाे टाेलीले ४ लाख मुल्य बराबरकाे कपडा बरामद गरेकाे जनाएकाे छ ।
बरामद भएकाे कपडामा कुर्ता – १३९ पिस, थैली-४०० पिस, हन्जु-११० रहेका छन् । बरामद कपडाकाे ३ लाख ९९ हजार रुपैयाँ मुल्य रहेकाे झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । बरामद कपडा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसंधान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।



















