बिर्तामाेड । झापाकाे बिर्तामाेडस्थित एक ग्यारेजमा आगलागी हुँदा ढ लाख रुपैंयाँ बराबरकाे क्षति भएकाे छ ।
आज बिहान अन्दाजी साढे ७ बजेको समयमा बिर्तामाेड बसपार्कमा रहेकाे पदम बडी निर्माण ग्यारेजमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । बिधुत सट भई आगलागी हुँदा ग्यारेज भित्र रहेको गाडीको पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जली नष्ट भएकाे प्हरीले जनाएकाे छ ।
कमल कािलकाेटेेले सञ्चालन गरेकाे साे ग्यारेजमा लागेकाे आगाे स्थानीय मानिस, प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएकाे थियाे ।



















