अर्जुनधारा । नेपाल सुनचाँदी व्यवसायी संघ अर्जुनधाराको चौथो अधिवेसनले नरेन खातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

sun

समितिको उपाध्यक्षमा टेकबहादुर गहतराज, सचिबमा कुलबहादुर लाम्गादे र भानुभक्त रसाईलीलाई कोषाध्यक्षमा चयन गरिएको हो । समितिका सदस्यहरुमा भवानी बिक्रम रसाईली, राजकुमारी बिश्वकर्मा, कमल दर्नाल, चन्दन गुप्ता र शुभम गुप्ता रहेको निर्वाचन समितिले जानकारी दिएको छ । 

यसैगरी सल्लाहकारहरुमा राजु लकान्द्री, बिरबहादुर खाती र रमेश रसाईली चयन भएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ झापा जिल्ला समितिका उपाध्यक्ष नगेन्द्र बिश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवेसन सम्पन्न भएको थियो ।