बिर्तामोड । अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले बिरिङ खोलाबाट दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बुद्धशान्ति गाँउपालिका-२ जयपुर स्थित बिरिङखोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ  बालुवा  लोड गरी बुधबारे तर्फ ल्याउदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

को.२ त ५१८८ र  प्र.१-०१-००२ त ०११२ नं को ट्याक्टरहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझााएको छ ।