बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने भएकाे छ । नगरपालिकाले सार्वजनिक शाैचालय निर्माणका लागि जग्गा पहिचान समिति गठन गरेकाे छ । 

meeting

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो ।

वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरिएको हो।

आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरिएको नगर प्रमुख प्रसाईले जानकारी दिइन् । बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु बढ्दाे शहरीकरणकाे बाधक रहेकाे बताउँदै उनले अब यसकाे समाधानका लागि प्रक्रिया अघि बढाएको जानकारी दिइन्न ।

नगरका प्रवक्ता तथा समितिका संयोजक अग्निप्रसाद पाण्डेले सरकारी अथवा कुनैदाताको सहयोगमा जग्गा प्राप्तिका लागि कार्य अघि बढाइने बताए । उनले कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्नेगरी आजैदेखि काम सुश्अररु गर्ने जानकारी दिए । नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणको लागि संघिय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।