बिर्तामाेड । सडक निर्माणकाे माग राख्दै स्थानीयले अवराेध खडा गरेपछि ठेकेदार संस्थाले सडक निर्माणकाे थालनी गरेकाे  छ । शनिश्चरे राेडमा बुधबारदेखि ग्रेडर लगाएर सडक निर्माण सुरु गरिएकाे हाे । 

अहिले सडकमा पुरानाे कालाेपत्रे जाेत्न सुरु गरिएकाे छ । अब शनिश्चरे-बिर्तामाेड खण्डकाे एक किलाेमिटर त्यस सडक निर्माणकाे काम सुरु भएकाे हाे । ठेकेदार कम्पनीका सञ्चालक फडिन्द्र तिम्सिनाले अब सडक निर्माणकाे काम द्रुत गतिमा अघि बढाउने बताए । तर, आंशिक भुक्तानीकाे रकम पनि निकासा नभएका कारण समयमा सडक निर्माण हुने कुरामा आशंका अझै रहेकाे छ । 

सडक निर्माण गर्नका लागि ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको थियो । १५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्थानसम्म ६ दशमलब २ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ ।

समयमा सडक निर्माण नभएकाे भन्दै त्यस स्थानका वासिन्दाले मंगलबार देखि सडकमा ढाट तेर्स्याएर अवराेध खडा गरेका छन् । साे अवराेध अझै हटाइएकाे छैन । स्थानीय आन्दाेलित भएपछि ठेकेदार संस्थालाई काम सुरु गर्न दवाव सृजना भएकाे थियाे । 

banda