बिर्तामोड । बिर्तामोडको चर्चित प्रभु बैंक ठगी काण्डमा प्रयोग भएको बैंक  स्टेटमेन्ट, व्यालेन्स सर्टिफिकेट र बचत रसिद नक्कली भएको बैंक व्यवस्थापनले जनाएको छ । 

टेलिभिजन कार्यक्रम प्रस्तोता टिकाराम नेपालको उजुरीमाथि प्रारम्भिक छानविन गर्दै बैंक व्यवस्थापनले तीनवटै रसिद नक्कली भएको बताएको छ ।

यसका बिषयमा थप छानबिन भईरहेको बताउदै बैकले तीनवटै रसिदको बैधानिकतामाथि प्रश्न उठाएको छ । 

नेपालको श्रीमती मञ्जुकुमारी नेपालले  मुद्दती खातामा बचत गरेको १ करोड १० लाख ४३ हजार रुपैंया बैंकबाटै गायब भएपछि बैकको बिशवसनियतामाथी शंका उब्जाएको थियो । तत्काल बैंकको दैनिक कारोबारमा समस्या उत्पन्न भएपछि कतिपय बचतकर्ताले बचत रकम फिर्ता मागेका थिए । 

बैंकले नेपालको रकम बचत गरेको कागजपत्रमाथी प्रश्न उठाएपनि अर्का बचतकर्ता ठगिएको पाईएको छ । बिर्तामोडका व्यवसायी प्रविण अग्रवालले पनि सोही प्रकृतिको बचत गरेको भएपनि रकम हराएको बताएका छन् ।  उनको २ लाख ६ हजार रुपैया बैंकबाटै गायब भएको बताएका छन् ।