बिर्तामोड । बिर्तामाेडमा मुख्य कार्यालय रहेकाे सिम्रिक बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा दोस्राे कार्यकालका लागि सु्वास भट्टराई निर्वाचित भएका छन् ।
समितिकाे उपाध्यक्षमा किरण कपुरी, सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट नै पुनः निर्वाचित भएका हुन् । यसै गरी सदस्यहरुमा पनि साविककै लिला मुखिया अधिकारी, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविज जोगी नै पुनः निर्वाचित भएका हुन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा पनि साविककै मिन प्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएका छन् । उनीहरुले माइन्यूट प्रमाणिकरणसभामा सपथग्रहण समेत गरेका छन् । सपथपछि बोल्दै अध्यक्ष भट्टराइले सबै सदस्यहरुको हितमा काम गर्दै संस्थालाई बलियो ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट सदस्य, सेवा केन्द्र र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे थियाे । १४ औं वार्षिक मुल माइन्यूट प्रमाणित सभामा सहकारीले आर्थिक वर्ष ०८०/८१ का उत्कृष्ट शेयर सदस्य कमल पाण्डे, फुलमाया तामाङ, वीरबहादुर राई , पर्शुराम बस्नेत, अजय शाहलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।
यस्तै, वर्ष उत्कृष्ट पत्रकारका रुपमा इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष न्युजका सम्पादक विष्णु पौडेललाई नगद १० हजार सहित सम्मान गरिएको छ । उनीहरुलाई बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, सिम्रिकका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सम्मानपत्र सहित सम्मान गरेका हुन् । ६४ हजार सदस्य रहेकाे सहकारीकाे झापा, माेरङ, इलाम र पाँचथर कार्यक्षेत्र रहेकाे छ । संस्थामा ३ सय ब९ी कर्मचारी कार्यारत रहेका छन् ।