दमक । शुक्रबार दिउँसाे स्थानीय किस्ने खाेलामा हाम फालेका गौरीगंज गाउपालिका-२ पश्चिम भाकुरमारीका केमालाल ताजपुरीयाकाे शव फेला परेकाे छ ।
५५ बर्षका ताजपुरियाले घर नजिकै कृष्णे खोलामा हामफालेका थिए । प्रहरीले खाेजतलास गर्दा शनिबार साँझ घटनास्थलबाट २ किलाेिमटर दक्षिणमा उनकाे शव फेला परेकाे जनाएकाे छ । खोलाको किनारमा पानीमा घोप्टो परेकाे अवस्थामा ताजपुरियाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।