अर्जुनधारा । झापाको अर्जुनधारामा सरकारी स्वामित्वको कृषि विकास बैंकको शाखा स्थापनाका लागि सम्भाब्यता अध्ययन सुरु भएको छ ।
अर्जुनधारा नगरपालिकाको सक्रियतामा बैंकको शाखा स्थापनाको सम्भाब्यता अध्ययन सुरु भएको हो ।
अर्जुनधारामा हाल निजी क्षेत्रबाट सञ्चालित 'क' बर्गका दुईसहित एक्सेल डेभलपमेन्ट बैंक र मितेरी विकास बैंकका शाखा छन् । सरकारी स्वामित्वको बैंक नगर क्षेत्रमा नभएका कारण कृषि विकास बैंक स्थापना गर्न पहल गरिएको नगरका उप-प्रमुख खड्गमाया पराजुलीले जानकारी दिईन् ।
अर्जुनधारा-८ मा बैकको स्वामित्वको १० कठ्ठा जमिन छ । सोही जमिनमा भवन निर्माण गरेर बैंकको शाखा सञ्चालनमा सहजिकरण गर्ने तयारी भएको उनले बताईन् ।
नगरपालिकाले आर्थिक, सामाजिक तथा सुरक्षा लगायतका बिषयमा बिश्लेषणसहित बैंकलाई शाखा स्थापनाका लागि अनुरोध गर्ने बताईएको छ । कृषि विकास बैक सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद बरालले यहा बैकको शाखा आवश्यक रहेको भन्दै नगरको अनुरोधपछि शाखा स्थापनाका लागि पहल सुरु गरिने बताए ।