काँकडभिट्टा । झापाकाे काँकडभिट्टाबाट गैरकानुनी रुपमा भारतबाट भित्र्याइएकाे मदिरा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
मेचीनगरकाे सीमा नाकाबाट तस्करीको माध्यमबाट भित्राइएको ३३७ पिस वर्ल्ड मङ्क मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले गएराति मेचीनगर नगरपालिका–१० धुलाबारी चोकमा चेकजाँच गर्ने क्रममा सो मदिरा बरामद गरेको थियो ।
अन्दाजी १ लाख ३६ हजार ९५६ रुपैयाँ बराबरको सो मदिरा आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएकाे प्रहरीले जनाएको छ ।