बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ ।
वडाले गएका वर्षहरुमा जस्तै यस वर्षपनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो ।
वडा नम्बर १ का बर पिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरीएको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार रुपैयाँ मुल्यको ठेला प्रदान गरीएको वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए।
वडाले ठेला उपलव्ध गराउँदा आफुलाई खुशी लागेको राजवंशीले प्रतिक्रिया दिएका छन्। वडा कार्यालयका अनुसार बिगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामाग्री प्रदान गरिएको र यस वर्षपनि सोहि कार्यक्रमलाई निरन्तरता दिएको हो ।