बिर्तामोड । झापाको बुद्वशान्ति-२, जयपुरमा आठौं नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
माघ-२१ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल माघ २८ गते हुने छ । प्रतियोगितामा भारतका दुई क्लब र नेपालका ६ क्लबको सहभागिता रहने छ ।
प्रतियोगितामा आयोजक नवज्योति, मोरङको एक क्लब, सुनसरीको एक क्लब, ईलाम, धरान, काठमाडौंको एक कल्ब र भारत सिलिगुडिको केएफी र भारतकै मानेभन्ज्याङ क्लब सहभागी हुने भएका छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले ७ हजार रुपैया पुरस्कार पाउने छन् । मष्ट भ्यालुएबल प्लेयर्सलाई १५ हजार तथा फाईनलका उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने जनाईएको छ ।
प्रतियोगिताको बिजेताले नगद २ लाख २५ हजार र उपबिजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । आदर्श माध्यमिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा ३० लाख रुपैया खर्च हुने अनुमान गरिएको आयोजक क्लब नवज्योतिका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
प्रतियोगितालाई एलिस सप्लायर्सले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले 'मामा' र भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले ट्रफी अनावरण गरेका थिए ।


















