बिर्तामाेड । झापा इनर्जी लिमिटेडले सञ्चालनको ९ महिनामा ९ करोड ४१ लाख रुपैयाँकाे बिद्युत बिक्री गरेकाे छ । 

शिबसताक्षी-४ बुलुचाेकमा स्थापना भएकाे कम्पनीले यस अवधिमा १ कराेड २७ लाख ४ हजार ३ ११ युनिट बिद्युत उत्पादन गर्न सफल भएकाे जनाएकाे छ । १० मेगावाटकाे साैर्य उर्जा परियाेजनाकाे निर्माण सुभारम्भ २०७५ सालमा भएकाे थियाे । 

२०७८ सालमा नेपाल बिद्युत प्राधिकरण र आयाेजनाबिच बिद्युत खरिद बिक्रीकाे सम्झाैता भएकाे थियाे । साेही सम्झाैता अनुसार २०८० माघ २० गतेदेखि त्यहाँ उत्पादित बिद्युत नेपाल बिद्युत प्राधिकरणकाे बुलुचाेक सबस्टेसनमा लगेर राष्ट्रिय प्रशारणमा जाेडिएकाे छ । 

यसैबिच उत्पादन सुरु भएकाे पहिलाे तथा स्थापनाकाे छैठौ बार्षिक साधारण सभा कम्पनिले बिर्तामाेडमा सम्पन्न गरेको छ।
कम्पनिका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव सरोज श्रेष्ठले साधारण सभाको गणपूरक संख्या पुगेको जानकारी गराएका थिए।
कार्यक्रममा अध्यक्ष साँवाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले  कम्पनि स्थापना गर्नुको उद्देश्यदेखि हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सञ्चालक सुवास भट्टराईले गरेका थिए।