बिर्तामोड । झापा गोल्डकपको
अध्यक्ष पदमा बिर्तामोडका उद्यमी केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका
प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन
भएका हुन् ।
कार्यसमिति
सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका
उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा
सर्बसम्मत भएको बताइएको छ ।
समितिको
वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत)
निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक
सदस्य थिए ।
कोषाध्यक्षमा
युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा
प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व तामाङ्लाई सर्बसम्मत बनाएका छन् ।
त्यस्तै, सहसचिवमा
यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् ।
त्यस्तै, सदस्यहरुमा श्याम
श्रीवास्तव, किरण
थापा, भूपेन्द्र
भण्डारी, सुशील
थापा, विसन
लिम्बू, दिपेन
चौधरी, शैलेन्द्र
कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन् ।
सहमतिको
प्रयासका लागि निर्वाचन समितिले पटकपटक समयसमय थप गर्दै कार्यतालिका सार्वजनिक
गरेको थियो ।


















