अर्जुनधारा । झापाको अर्जुनधारामा अन्तरमावी पुरुष नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएकाे हाे । 

प्रतियोगितामा नगरका निजी र सरकारी १४ वटा बिद्यालयका बिद्यार्थीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । 

स्थानीय गोलधाप युवा परिवारको व्यवस्थापनमा अर्जुनधारा-९ को नमुना खेल मैदानमा भइरहेकाे प्रतियोगिता माघ-५ गते समापन हुने छ । 

प्रतियोगिताको बिजेताले नगद ३० हजार  र उपविजेताले २० हजार रुपै‌याँ पाउने छन् । प्रत्येक खेलको प्लेयर्स अफ द म्याचले नगद १ हजार र फाइनलका प्रत्येक बिधाका उत्कृष्ट खेलाडि र अफिसियलले जनही २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । आज ६ वटा खेल हुने ५ भने भाेली ४ वटा हुने आयाेजकले जनाएकाे छ । ४ गते सेमिफाइनल र ५ गते फाइनल हुने बताइएकाे छ ।