भद्रपुर । आज देखि भद्रपुरमा भद्रपुर झापा गोल्डकप प्रतियोगिता शुरु हुदैछ ।
चर्चित गोल्डकपको रुपमा परिचित गोल्डकपको आज हुने उदघाटन खेलमा आयोजक भद्रपुर व्लेजर्स र दार्जिलिङ पुलिस टिम भिडदैछन । खेल मेची रंगशालामा दिनको २:३० वजेदेखि हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगिता लागि सौर्य एयरलाइन्स तथा ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरले मुख्य प्रायोजन गरेको छ । भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य तथा पूर्व राष्टिय खेलाडी गम्भीर राइको समर्पण गरिएको फुटवल प्रतियोगिता फाल्गुण १६ गते सम्म संचालन हुने महासचिव जिवनकुमार श्रेष्ठले बताए ।


















