बिर्तामोड । बिद्युतीय सामग्री उत्पादक कम्पनी हिम स्टारले ‘ईलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
हिमस्टारले झापाको बिर्तामोडमा चैत १४ गते सो कार्यक्रम गर्न लागेको हो । बिर्तामोडको ईन्द्रेणी ब्याङक्वेटमा आयोजना हुने कार्यक्रममा पुरानो प्रेसर कुकरसँग बिद्युतीय कुकर साट्न सकिने सुविधा कम्पनीले उपलब्ध गराएको छ ।
प्रदर्शनीका अवसरमा कम्पनीले ५ लिटरसम्मको बिद्युतीय कुकर खरिदमा १ हजार १ सय र त्यो भन्दा ठुलो कुकर खरिदमा १ हजार ३ सयसम्म छुट प्रदान गर्ने भएको छ । कम्पनीले उक्त दिन बिद्युतीय प्रेसर कुकर खरिद गर्न चाहनेलाई उल्लेखित मुल्यमै छुटको सुविधा प्रदान गर्ने झापाको बिर्तामोडका अधिकृत बिक्रेता महेन्द्र रत्न स्टाेर्सका सञ्चालक प्रशान्त भण्डारीले जानकारी दिए ।