झापा । झापाको शिवसताक्षीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

शिवसताक्षी-८ मनहराका लुखिराम टुडुकी १५ महिनाकी छोरी रोसिका टुडुको पानीमा डुबेर मृत्यु भएको हो ।

सोही स्थानका खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा बालिका डुबेकी थिइन् । उनलाई आमा कल्पना टुडुले देखेर घर ल्याउँदा मृत्यु भइसकेको प्ररहरीले जनाएको छ ।