अर्जुनधारा । रकम लेनदेनको बिषयमा विवाद हुँदा झापाको अर्जुनधारा–१ मा चारजना युवाहरुले स्थानीय किशोर खवासमाथि निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते खवासको बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अर्जुनधारा–१ मदनपुरमा शनिबार बेलुकी रोहन गौतम, रोशन कार्की, श्याम सार्की र नाम नखुलेका अर्का एकजनाले खवासमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट खवासको टाउकामा चोट लागेको छ । 

प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा सोही स्थानका गौतमलाई पक्राउ गरेको जनाएको छ । अरु तीनजना फरार रहेकाले खोजतलास गरिरहेको प्रहरीको भनाई छ ।