बिर्तामाेड । बर्षासँगै चलेकाे हावाहुरुले झापाकाे बाह्रदशीमा ३० विगाहा केराखेतीमा क्षति पुर्याएकाे छ । आइतबार साँझ आएकाे हावाहुरीले  बाह्रदशी-७ बत्तीसबिघे भन्ने स्थानमा स्थानीय १५ घर धुरीले ब्यक्तिगत रुपमा अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटमा क्षति पुर्याएकाे प्रहरीले जनाएकाे छ । 

हावाहुरीबाट केरा लड्दा ५१ लाख रुपै‌याँ बराबरकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले जानकारी दिए ।